शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • उमाकुण्डको प्रिती र बाम्तिभण्डारमा प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन
रामेछाप बिशेष

उमाकुण्डको प्रिती र बाम्तिभण्डारमा प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन

चैत २३,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका प्रिती र प्रहरी चौकी बाम्ती रामेछापको नव-निर्मित कार्यालय तथा ब्यारेक भवनहरु उद्घाटन गरिएको छ ।

प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा निर्मित सो भवन बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आज उद्घाटन गरेका हुन् । लामो समयदेखि भवन नहुदा समस्या झेल्दै आएका प्रहरी प्रशासनले अब त्यो झन्जट हटेको हो ।

पालिकाको केन्द्रमा निर्माण भएको भवन २०७६ असार २५ गतेसम्झौता भएको थियो । सो भवन कूल २ करोड ९० लाख, ९७ हजार ,८ सय ९ रुपैयाँमा बनेको हो । लागत अनुमान २ करोड ७१ लाख ४६ हजार २ सय ६९ रुपैयाँ गरिएको थियो । १५ कोठारहेको भवनको साढे दुई तल्लाको छ । भवन भुकम्प प्रति रोधी र सुविधा सम्पन्न रहेका छन् ।

त्यस्तै बाम्तिभण्डारमा निर्माण सम्पन्न भएको सो भवन २०७६ साल असर २५ गते सम्झौता गरिएको थियो । लागत अनुमान २ करोड ४४ लाख ९१ हजार ४ सय २५ रुपैयाँ गरिएको सो भवन २ करोड ५७ लाख २४ हजार ३६ रुपैयाँमा बनेको हो । यो भवन पनि साढे दुई तल्लाको १२ कोठा छ।

फेसबुक प्रतिक्रियाहरु