शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सहिद स्मारक ‘सी’ डिभिजन लिगमा दुई खेल हुँदै
समाचार

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा दुई खेल हुँदै

चैत २०,

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ ।

समूह ‘बी’ मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ  भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ ।

समूह ‘ए’को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु