चैत २०,
सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ ।
समूह ‘बी’ मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ ।
समूह ‘ए’को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु