शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बिटारको जंगलमा लागेको आगो रासमले २ घण्टामै नियन्त्रणमा लियो
रामेछाप बिशेष

बिटारको जंगलमा लागेको आगो रासमले २ घण्टामै नियन्त्रणमा लियो

चैत १६,

रामेछाप । रामेछापको, रामेछाप नगरपालिका वडा नं ८ बिटार नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिएको छ । आइतबार साँझ करिब ५ : ३० बजेको समयदेखि लागेको आगो करिब ८ : १५ बजे नियन्त्रणमा लिन सफल भएको रामेछाप सहयोगी मन (रासम)का सदस्य जय मानन्धरले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार आगो के कारणले लाग्यो भन्ने खुलेको छैन । रासमले निर्माण गरेको बिटार पार्ट नजिकैको जंगलमा आगो लागेको थियो । सो आगो रासमसहित अन्य केही स्थानीय गरि कूल ११ जनाको सक्रियतामा लागेको करिब २ घण्टामै नियन्त्रणमा लिन सफल भएको हो । आगो भिरालो जमिनमा लागकोले चाडै फैलिने र सो बेलै नियन्त्रणमा लिन नसकेको भए जंगलको माथि पर्ने क्षेत्रको बस्तिमा आगो पस्ने थियो ।

रामेछापमा प्रिमन्सुन सुरु भएयता करिब दर्जनौका आगोलागी घटना भएका छन् । केही मानविय सहित घर, पशु,वन जंगल आगोलागीमा परि सख्खाप भएका छन् । रासमले विभिन्न समयमा जिल्लामा सामाजिक कामहरु गर्दै आएको छ । रातिको समयमा आगो नियन्त्रणमा लाएर पछिल्लो समय रासमले उदाहरणीय काम गरेको छ । फोटो संकेतिक, भिडियो साभार 

https://www.facebook.com/rjraj.maya/videos/4497525350264201

फेसबुक प्रतिक्रियाहरु