चैत १५,
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आज ७४ वटा सवारी साधनलाई कार्बाही तथा नियन्त्रण गरेको छ ।
फागुपुर्णिमा (होली) पर्वको अवसरमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयले ३५ वटा मोटरसाईकल ,बलेरो-१ नियन्त्रणमा लिएको हो । त्यस्तै सवारीका ६ जना चालक नियन्त्रणमा परेका छन् ।
उनीहरुलाई ट्राफिक नियम बमोजिम कार्बाही गरीएको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हेल्मेट नलगाएको (१ वटा मोटरसाईकल चालक अनुमिति (लाईसेन्स) नभएको – १४ वटा ,त्रिपल लोड बोक्ने (२ वटा,तिब्र गती (१३ वटा नियन्त्रण तथा कारबाहीमा परेका हुन् ।
त्यस्तै मापसे गरी सवारी चलाएका एक टाटा सुमो र चालक पक्राउ परेका छन् । मापसेनै गरि चलाएको (५ वटा मोटरसाईकल र चालक ५ जना चालक पक्राउ परेका छन् । फाईल फोट/देवकोटा चोक
फेसबुक प्रतिक्रियाहरु