शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • म्यानमारमा सैनिक सरकारले गरिरहेको घटना अमानवीय र निन्दनीय छ-कांग्रेस
समाचार

म्यानमारमा सैनिक सरकारले गरिरहेको घटना अमानवीय र निन्दनीय छ-कांग्रेस

चैत १५,
काठमाण्डाै । नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार विज्ञप्ति निकालेर नागरिकमाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न आग्रह गरेका छन् । साथै उनले लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको उल्लेख गरे ।

विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको जनाइएकाे छ । ‘म्यानमारको पछिल्लो ‘कू’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालिरहेका छौँ । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका नागरिककाे पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

 

फेसबुक प्रतिक्रियाहरु