मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • दोरम्बामा वनमा लागेको आगो निभाउन जाने क्रममा भिरबाट लड्दा श्रेष्ठको ज्यान गयो
दुर्घटना/अपराध

दोरम्बामा वनमा लागेको आगो निभाउन जाने क्रममा भिरबाट लड्दा श्रेष्ठको ज्यान गयो

चैत्र १४,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा आगो निभाउने जाने क्रममा भिरबाट लड्दा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा वडा नं–७ का ७० वर्षीय प्रभुलाल श्रेष्ठ रहेका छन् ।

उनी सोही वडाको दोब्ला स्थित खर्पाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती लड्दा ज्यान गएको हो । उनी आगो भिरबाट करिब एक सय मिटर तलखसेका थिए । भिरबाट खसेर गम्भिर घाइते भएका श्रेष्ठलाई स्थानीयहरुले उद्धार गरि उपचार गर्नको लागि काठमाडौं लैजाने क्रममा बाटैमा ज्यान गएको दोरम्बा प्रहरीलाई उद्धत् गर्दै रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतकको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याइदै गरेको पनि प्रहरीले जनाएको छ ।उनको भिरबाट लड्दा टाउकोसहित खुट्टामा, दाँया हात आगोले जलेको थियो । file Photo

फेसबुक प्रतिक्रियाहरु