बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आज विश्व नेवाः दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै
Uncategorized

आज विश्व नेवाः दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

चैत १४,

काठमाडौं । आज चौथो नेवास् दिवस एंव विश्व नेवाः दिवस’का मनाइदै छ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘नेवाः दिवासको रुपमा मनाइदै आइएको छ । यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । यो वर्षको विश्व नेवाः दिवसमा ‘नेपाली छातामुतिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ’ भन्ने मूल नाराको साथ मनाइदै छ ।

सांस्कृतिक रूपले निकै सम्पन्न नेवा समुदायको आफ्नै भाषा र लिपि छ । त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् । नेवास् साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो । आजको दिन वल्र्ड नेवास् अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवास् समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।

यो वर्षको नेवाः दिवस मनाउने सन्दर्भमा वल्र्ड नेवाः अर्गनिजेशनका नेपाल च्याप्टरले चैत १४ मा बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ । विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहने बताइएको छ ।

उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ठ व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रमा नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिने भएको छ ।

यसैगरी ‘विश्वका नेवार  ‘चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरू मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ता रहनेछन् ।

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, सांस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरू समेटिएको स्मारिकाको पनि विमोचन गरिने बताइएको छ ।

त्यसकारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवाः दिवस मनाउने शुरुवात सन् २०१८ देखि सुरु भएको हो ।

२०१८ मा विश्व नेवाः दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसैगरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदैछ ।

आजको दिन बिहान ८ बजे नेवास् समुदायका मानिसहरूले सांस्कृतिक -यालि आयोजना गर्दैछन् । यो र्याली राष्ट्रिय सभा गृहमा आएर तेश्रो विश्व नेवा सम्मेलनमा टुंगिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा सम्मेलन यसवर्ष भने नेपालमै भएको हो ।

फेसबुक प्रतिक्रियाहरु