शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रामेछाप उधोग वाणिज्य संघद्वरा तीन दिने उधोगी व्यवसायीक तालिम समापन्
रामेछाप बिशेष

रामेछाप उधोग वाणिज्य संघद्वरा तीन दिने उधोगी व्यवसायीक तालिम समापन्

चैत १३,

रामेछाप । रामेछाप उधोग वाणिज्य संघले तीन दिने उधोगी व्यवसायीक तालिम संचालन गरेको छ । मन्थली नगरपालिकाका १४ वटै वडाहरुबाट संघमा दर्ता गराएर ब्यवसाय गर्दै आएका उधोगी ब्यापारीहरुलाई संघले मन्थली नगरपालिका, घरेलु तथा साना उधोग रामेछाको आर्थिक तथा प्राविधिक सयोगमा तालिमा संचालन गरेको हो ।

नेपाल सरकारको औधोगिक, वाणिज्य नीति तथा कानुनी ब्यवस्था दर्ता नवीकरण अनुगमन, नगरपालिकामा उधोग प्रवर्धन नीति, स्थानीय तथा सरकारी राजश्व नीति निधमान चुनौती र अवसर खरिद बिक्री, बजार ब्यवस्थापन र सरसफाईमा नगरसंग समन्वय, ब्यवसायीक आचार संहिता दर्ता, नविकरण, गुणस्तर, चापतौल, नमुना, ब्यवसायिक योजना, सरकारी निजी साझेदी, अन्तर सम्बन्धका क्षेत्र र उधोग ब्यवसायीसंग नगरपालिकाको अपेक्षा विषयमा संघले तीन दिन ब्यवसायीहरुले अभिमुखिकरण तथा तालिम संचालन गरेको हो । तालिममा संघमा आबद्ध भएकासहित कूल १ सय ८५ जनाले तालिम लिएका छन् ।

No description available.
प्रमाणपत्र लिदै

तालिममा सहभागिहरुलाई संघले प्रमाणपत्रसहित शुक्रबार सम्पन्न गरेको हो । तालिममा बोल्दै मन्थली नगरप्रमुख रमेश कुमार बस्नेतले ब्यवसाय गर्न चाहाने नगरभित्रका जो सुकैलाई नगरले आर्थिक,भौतिक र कानुनी सहयोग गर्ने प्रतिबद्धता जनाए । तर ब्यवसाय गर्नेको लागि नगरभित्रका मानिस जागरुक भने हुने उनको भनाई छ ।

त्यस्तै संघका अध्यक्ष केशव घिमिरेले अभिमुखिकरण तालिमले ब्यवसाय गर्दा पुर्याउनु पर्ने सम्पूर्ण पक्षको बारेमा जानकारी प्राप्त भएको भन्दै ब्यवहारमा लागु गर्ने आग्रह गरे । उनले ब्यवसाय गर्ने सबै संघसंग आबद्ध भएर राज्यलाई तिर्नु प्रर्ने कर,राजश्व तिरेर संचालन गर्न पनि सुझाव दिए ।

 

फेसबुक प्रतिक्रियाहरु