आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कांग्रेस सरकारमा जाँदैन-सभापति देउवा
समाचार

कांग्रेस सरकारमा जाँदैन-सभापति देउवा

चैत १०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेकाे भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन्  ।

उनले भने-‘कांग्रेस नेतृत्वकाे सरकार बनाउन हामी मरिमेटेका छैनौँ’ देउवाले भन्नुभयो हामी विपक्षी पार्टी हौ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।

उनले पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताए । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उहाँले भने ।

फेसबुक प्रतिक्रियाहरु