आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विश्वमा एकै दिन ३ लाख ९२ हजारमा कोरोना पुष्टि‚ ६ हजार ८०० को मृत्यु
समाचार

विश्वमा एकै दिन ३ लाख ९२ हजारमा कोरोना पुष्टि‚ ६ हजार ८०० को मृत्यु

चैत १०,

एजेन्सी । विश्वभर एकै दिन झण्डै चार लाख कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा तीन लाख ९२ हजार कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ करोड ४२ लाख ७७ हजार नाघेको छ।

ब्राजिलमा ५३ हजार ३००, अमेरिकामा ४१ हजार ४००, भारतमा ४० हजार ६००, टर्कीमा २२ हजार २००, फ्रान्समा १५ हजार ८००, इटलीमा १३ हजार ८००, रसियामा नौ हजार ३०० जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा ६ हजार ८०० भन्दा धेरै संक्रमितको मृत्यु भएको छ। जसमध्ये ब्राजिलमा १५ सय ७० जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या दुई लाख ९५ हजार ६८५ पुगेको छ। अमेरिकामा ५९६, इटलीमा ३८६,  रसियामा ३६१, फ्रान्समा ३४३, भारतमा १९७, स्पेनमा १५९, जर्मनीमा १४८ र टर्कीमा ११७ जनाले ज्यान गुमाएका छन्।

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख ३४ हजार ७९७ पुगेको छ। १० करोड दुई लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त हुँदा २ करोड १३ लाख सक्रिय संक्रमित रहेका छन्।file Photo

फेसबुक प्रतिक्रियाहरु