शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली जखनिटारमा कुट्पिट गरि सुनको ब्रास्लेट्सहित नगद लुटेको आरोपमा तीन जना पक्राउ
दुर्घटना/अपराध

मन्थली जखनिटारमा कुट्पिट गरि सुनको ब्रास्लेट्सहित नगद लुटेको आरोपमा तीन जना पक्राउ

चैत १०, फोटो संकेतिक

रामेछाप । रामेछापको मन्थलीमा ज्यानै लिने उदेश्यले संघातिक हमला तथा कुटपिटपछि नगद लुट्ने एक गिरोह पक्राउ परेको छ ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ८ का भक्त बहादुर माझी, कुसे सार्की र मदन माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

उनीहरुलाई गत आइतबार साँझ करिब ८ बजेको समयमा नगरको वडा नं ८ जखनीटारमा मोटरसाइकलमा सवार मन्थली बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव सिताराम लोहार र एरिक बराइलीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

उनीहरुले मोटरसाइकलमा सवार लोहार र बराईलीमाथि कुटपिट गरि लोहारले हातमा लगाएको साँढे दुई तोलको सुनको ब्रासलेट र एक लाख पचास हजार नगद पैसा लगेको हुनसक्ने लोहारले बताए । उनको सो परिमाणको सुन र पैसा हराएको उनले बताए । त्यस्तै लोहारको (आइफोन) मोबाइलमा समेत क्षती पुगेको लोहारको भनाई छ । कुट्पिट्बाट लोहार र बराइलीलाई शरिरका विभिन्न भागमा चोटपटक लागि मन्थलीस्ति समुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

त्यस्तै एरिक बराइलीको साथमा रहेको भिभो १८०३ मोडलको मोबाइलमा पनि बिग्रिएको बताइएको छ । नगरकै वडा नं ११ गेलुमा सिताराम लोहारको आमालाई औषधी पुर्याई फर्कने क्रममा बाटोमा बसेका ३ जनाले विना कारण आफूहरु माथी आक्रमण गरेको पीडित एरिक बराइलीले बताए ।

एक्कासी मोटरसाइकल रोकेर ढुंगा, लात्ती तथा मुड्कीले प्रहार गर्दा पीडितहरुको शरीरिमा चोट लागेको नेपाल सुनचाँदी कला व्यसायि संघ रामेछापका उपाध्यक्ष कृष्ण लामगादेले बताए ।

साथै सोमबार नेपाल सुनचाँदी कला ब्यवसायी संघ रामेछापले घटना प्रति घोरभ्रत्सना गरेको छ । भने जिल्लाकै शान्ति सुरक्षा कम्जोर बनेको देखिएको संघले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्ति हेर्नुहोस्

Image

फेसबुक प्रतिक्रियाहरु