आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सेलेघाट प्रहरीले अबैध रुपमा काठमाडौं लादै गरेको घरेलु मदिरा नष्ट गर्यो
रामेछाप बिशेष

सेलेघाट प्रहरीले अबैध रुपमा काठमाडौं लादै गरेको घरेलु मदिरा नष्ट गर्यो

चैत १०

रामेछाप । रामेछापको सेलेघाट प्रहरी चौकी सेलेघाट रामेछापले घरेलु मदिरा नष्ट गरेको छ ।

गत आइतबार मन्थली नगरपालिका वडा नं-६ सेलेघाट स्थित प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३२ लिटर घरेलु मदिरा फेला पारी नष्ट गरेको जानकारी दिएको हो ।

चिसापानीबाट काठमाडौं जादै गरेको बसमा आइतबार बिहान ८ बजे मदिरा फेला परेको जिल्ला प्रहरी रामेछापले जनाएको छ । प्रहरीले सार्वजनीक यातायात भनेको छ तर नम्बर भने खुलाउन चाहेन । कसले के उदेश्यले लान थालेको हो भन्ने पुष्टि नभएको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु