शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नागरिक मैत्री सेवा प्रवाह हुन्छ, सूचना प्राप्त गर्नेको लागि अदालत धाउनु पर्ने बाध्यता हट्छ- प्रजिअ सैजू (भिडियो)
रामेछाप बिशेष

नागरिक मैत्री सेवा प्रवाह हुन्छ, सूचना प्राप्त गर्नेको लागि अदालत धाउनु पर्ने बाध्यता हट्छ- प्रजिअ सैजू (भिडियो)

फागुन २६

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले सूचनालाई सरल रुपमा प्रवाह गर्ने बताएका छन् । नागरिक मैत्री सेवा गर्ने उनको जिकिर छ ।

मंगलबारदेखि जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका सैजूले बुधबार पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताएका हुन् । उनले आफू सूचना नपाएर अदालत सम्मजानु पर्ने अवस्था अन्त्य हुनु पर्नेमा जोड्दिए । जिल्लामा आफूले सधै नागरिकहरुको अधिकारको लागि गम्भिरता पूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सैजूले जिल्लामा सबैसंग समन्वय गरेर काम गर्ने भन्दै सबैसंग समन्वयको अपेक्षा गरेको बताए । उनले सूचनाको प्रवहाको लागि २४ सै घण्टा तयार रहेको दाबी गरे । उनले विकास निर्माणमा अनुगमनलाई नजिकबाट अनुगमन तथा मूल्याङ्कन् गर्ने जिकिर गरे ।

 

फेसबुक प्रतिक्रियाहरु