शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापको, हिमगंगामा नारायण सुनुवारको अध्यक्षतामा सुनुवार समाज गठन
रामेछाप बिशेष

रामेछापको, हिमगंगामा नारायण सुनुवारको अध्यक्षतामा सुनुवार समाज गठन

फागुन २४,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका ४ हिमगंगाको तिलबारीमा सुनुवार सेवा समाज गठन गरिएको छ ।

सोमबार समाजका संघीय वरिष्ठ उपाध्यक्ष अमृत सुनुवार र सल्लाहकार मन प्रसाद सुनुवारको उपस्थितिमा नारायण सुनुवारको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति गठन गरिएको स्थानीय अशोक सुनुवारले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार समाजको उपाध्यक्षमा टिकाबहादुर सुनुवार,सचिवमा भरत सनुवार र सह-सचिवमा अम्बर सुनुवार चयन भएका छन् । त्यस्तै समाजको कोषाध्यक्षमा जानकी सुनुवार चयन भएकी छिन् ।

त्यस्तै समाजको सदस्यहरुमा क्रमशः सविता सुनुवार,डम्बर बहादुर सुनुवार र सिटालाल सुनुवार चयन भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु