आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अन्तराष्ट्रिय श्रमिक महिला दिवस : स्थानीय सरकार र महिला अधिकार विषयमा अन्तरक्रिया (भिडियो)
रामेछाप बिशेष

अन्तराष्ट्रिय श्रमिक महिला दिवस : स्थानीय सरकार र महिला अधिकार विषयमा अन्तरक्रिया (भिडियो)

फागुन २४,

रामेछाप । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा  स्थानीय सरकार र महिला अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १११ औं श्रमिक महिला अन्तराष्ट्रिय दिवसको अवसरमा सदरमुकाम मन्थलीमा इन्सेकसहित मानव अधिकार संजाल रामेछापले संयुक्त अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमा मन्थली नगरपालिकाका कानुनी सल्लाहकार सुदर्शन रायले नारी दिवसको महत्व,महिलाहरुको वर्तमान अवस्था, हाल देशमा महिलाहरुको राजनीतिक सामाजिक, आर्थिक पक्षसंग जोडिएका सम्पूर्ण पक्षको जानकारी गराएका थिए ।

नगरप्रमु रमेशकुमार बस्नेतले स्थानीय सरकारले महिलाहरुको विकाससंग सम्बन्धित रहेर गरेका कार्यहरु र भोलीका योजनाहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कानुन अधिकारकर्मीहरुले महिलाहरुलाई पछिल्लो समय भएका हिंसात्मक घटनाले थप समस्यामा परेको दाबी गरेका छन् । महिलाअधिकार कर्मीहरुले घरयारी र पारिवारीक अवस्थाका कारण महिलाहरु अघि बढ्न नसेकेको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु