बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शुक्रबार कांग्रेस केन्द्रीय सदस्यद्वय घिमिरे र पौडेल रामेछाप आउने : यी एजेण्डामा छलफल हुदै
रामेछाप बिशेष

शुक्रबार कांग्रेस केन्द्रीय सदस्यद्वय घिमिरे र पौडेल रामेछाप आउने : यी एजेण्डामा छलफल हुदै

फागुन २३,

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरे र प्रदिप पौडेल रामेछाप आउने भएका छन् । उनीहरु जिल्ला कार्यसमितिले गर्न लागेको नयाँ तथा नवीकरण सदस्य, क्रियाशील सदस्यता वितरण कार्यलाई चुस्त-दुरुस्त बनाउ गर्ने कार्यक्रममा सहभागी हुन जिल्ला आउने लागेको जिल्ला सचिव बिष्णु बस्नेतले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार उनीहरु आउदो फागुन २८ गते सदरमुकाम मन्थलीमा आउने छन् ।

जिल्लामा कांग्रेसले आफ्नो क्रियाशिला सदस्य दोब्बर बनाउने निर्णय यसअघिनै गरिसेको छ । जिल्लामा आफ्ना क्रियाशिल सदस्यहरु दोब्बर भएको कांग्रेसले जनाएको छ । आगामी १४ माहाधिवेशन नजिकिदै गर्दा जिल्लामा कांग्रेसले आफ्ना क्रियाशिल सदस्य दोब्बर बनाउने  परेको हो । पार्टीको केन्द्रीय नीति र परिपत्र अनुसार जिल्लामा कायम रहेको ५ हजार ७ सय क्रियाशिल सदस्यताबाट थप ५ हजार ७ सय नयाँ क्रियाशिल सदस्य गरी दोब्बर बनाउने कोषाअध्यक्ष श्रेष्ठले बताए । नयाँ क्रियाशिल सदस्यता थपिएसँगै जिल्लाका क्रियाशिल सदस्यहरु साढे ११ हजार पुग्ने छ । सोही बमोजिम जिल्लाको ६४ वटै वडा कार्य समितिमा क्रियाशिल सदस्यता वितरणको काम तिवृ गतिमा अगाडि बढाइएको नेपाली कांग्रेसले जनाएको छ ।

केन्द्रीय परिपत्र अनुरुपको पछिल्लो समय अवधीभित्र कार्य सम्पन्न गर्नका लागि क्रियाशील छानबिन केन्द्रीय समितिका सदस्यद्वय घिमिरे र पौडेल आउदो शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा सामूहिक छलफल हुने कार्यक्रम तयगरिएको सचिव बस्नेतले जानकारी दिए । छलफलमा कांग्रेसको नजिकिएको महाधिवेशन केन्द्रित् छलफल गर्ने कार्यसूची छ ।

आइतबार जिल्ला कार्यसमितिले काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, आमन्त्रित सदस्यहरु, महासमितिहरु तथा महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी एवं सदस्यहरु, प्रदेश ‘क’ र ‘ख’ का कार्यसमितिहरु, भातृ एवं शुभेच्छुक संस्थका विभिन्न तहका वर्तमान एवं पूर्व पदाधिकारीहरु, ८ वटै स्थानीय तहका पदाधिकारीहरु र ६४ वटै वडाका वडा सभापतिहरु, रामेछाप-काठमाडौ सम्पर्क समितिका अध्यक्ष अनिवार्य उपस्थितिको लागि सूचना पनि गरिसकिएको उनले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु