मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने!
समाचार

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने!

फागुन २३,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ। प्रतिनिधि सभा बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेका नेकपाको प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्।

प्रचण्ड-नेपाल पक्षका एक सांसदका अनुसार आज अविश्वास प्रस्ताव आउँदैन। कांग्रेससँग छलफल जारी नै रहेको दाबी गरेका उनले आज अविश्वास प्रस्ताव नल्याइने बताए।

‘आज प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने भयो,’ ती सांसदले भने। कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले पनि अविश्वास प्रस्ताव ल्याउनेबारे जानकारी नभएको बताइन्।

प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ मा प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव पनि तत्काल अगाडि नबढाउने उक्त समूहले बताएको थियो।file Photo

 

फेसबुक प्रतिक्रियाहरु