सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस रामेछापले आफ्ना क्रियाशिल सदस्य दोब्बर बनाउदै : ११ हजार ५ सय नाघ्ने अनुमान
रामेछाप बिशेष

नेपाली कांग्रेस रामेछापले आफ्ना क्रियाशिल सदस्य दोब्बर बनाउदै : ११ हजार ५ सय नाघ्ने अनुमान

मंसिर १४,

रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्लामा आफ्ना क्रियाशिल सदस्यहरु दोब्बर बनाउने भएको छ । आगामी १४ माहाधिवेशन नजिकिदै गर्दा जिल्लामा कांग्रेसले आफ्ना क्रियाशिल सदस्य दोब्बर बनाउन लागि परेको हो । पार्टीको जिल्लाको नेत्रित्व गर्नको लागि सभापतिको दाबी गरेर यसअघि नै महाधिवेशन प्रतिनिधि समेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नो उम्मेदवारी घोषणा गरी सकेका छन् । सोही अनुसार नेताहरुमा पार्टी प्रतिको आफ्नो सक्रियता बढाउदै लागथालेका छन ।

पार्टीको केन्द्रीय नीति र परिपत्र अनुसार जिल्लामा कायम रहेको ५ हजार ७ सय क्रियाशिल सदस्यताबाट थप ५ हजार ७ सय नयाँ क्रियाशिल सदस्य गरी दोब्बर बनाउने कोषाअध्यक्ष श्रेष्ठले बताए । नयाँ क्रियाशिल सदस्यता थपिएसँगै जिल्लाका क्रियाशिल सदस्यहरु साढे ११ हजार पुग्ने छ । सोही बमोजिम जिल्लाको ६४ वटै वडा कार्य समितिमा क्रियाशिल सदस्यता वितरणको काम तिवृ गतिमा अगाडि बढाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले ७७ वटै जिल्लालाई आगामी मंसिर मसान्तसम्ममा आफ्ना क्रियाशिल सदस्यहरुको विवरण केन्द्रमा पठाउन परिपत्र गरि सकेको छ । जिल्ला कार्यसमितिले पनि सोही अनुसार कार्यलाई तिवृ गतिमा काम अघिबढाएको छ । उसले आगामी मसिर मसान्तभित्रै जिल्लाबाट विवरण पठाउने कोषाअध्यक्ष कुमार श्रेष्ठले बताए ।

नगरपालिकाभित्र ५२ जना र गाउँपालिकामा ४८ जना अनिवार्य क्रियाशिल सदस्या रहने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु