शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरस्तरीय व्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता सम्पन्न, यी टिम भए बिजेता ( फोटो फिचर)
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरस्तरीय व्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता सम्पन्न, यी टिम भए बिजेता ( फोटो फिचर)

फाल्गुन २२,

काठमान्डौ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नगरस्तरीय व्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ | गोकर्णेश्वर नगरपालिकाको युवा तथा खेलकुद उपशाखाको आयोजना र गोकर्णेश्वर नगरपालिका व्याडमिन्टन समितिको संयोजनमा खेल भएको हो | प्रतियोगितामा गोकर्णेश्वर नगरपालीका भित्रका ९ वटा वडाका ९४ जनाको सहभागिता रहेको थियो भने खुल्ला तर्फ ३४ वटा टिम भेट्रान्स तर्फ १३ वटा गरि  जम्मा ४७ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो | त्यस मध्ये ४ वटा टिम फाइनलमा पुगेका थिए |

No description available.

यस व्याडमिन्टन खेल प्रतियोगितामा बिजेता हुने टिममा वडा नं ८ का खेलाडीहरु रहेका छन  क्रमश (प्रथम बिर बहादुर तामाङ, डम्बर बहादुर तामाङ,  दोश्रो बिमल ठकुरी, कुमार श्रेष्ठ ,तृतीय गणेश श्रेष्ठ ,सुदिप जंग ठकुरी बिष्ट वडा नं ५ र डी.बि खत्री ,रमेश अधिकारि वडा नं ६ का खेलाडी बिजेता भएका छन ।

खुल्ला तर्फ क्रमश प्रथम हुनेमा गणेश श्रेष्ठ, बिरेन्द्र उप्रेती वडा नं ८ बाट , द्दितीय डम्बर बहादुर तामाङ, लोक लामा वडा नं ८ ,तृतीय तर्फ बालकृष्ण श्रेष्ठ ,राजेश श्रेष्ठ,वडा नं ४ ,कृष्ण थापा ,गणेश श्रेष्ठ वडा नं ५ का खेलाडीहरु बिजेता भएका छन् ।

त्यस्तै उत्कृष्ठ खेलाडीहरुमा क्रमश कपिल तिमल्सिना वडा नं ९ गणेश श्रेष्ठ वडा नं ५ का खेलाडी रहेका थिए | सम्पूर्ण खेलका बिजेतालाइ ट्रफी र प्रमाण पत्र दिइएको थियो | खेलको समापन समारोहमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे  साथै विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो | नगर प्रमुखले कार्यक्रमलाइ सम्बोधन गर्न्नु गर्दै खेलाडी हरुको साथै  युवाको क्षमता आभिवृद्धि गर्ने जस्तो सुकै प्रयासलाई पनि नगरपालिकाको तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो |

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु