शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई लगाएर दोस्रो चरणको खोप अभियान आजदेखि सुरु
रामेछाप बिशेष

प्रधानमन्त्री ओलीलाई लगाएर दोस्रो चरणको खोप अभियान आजदेखि सुरु

फागुन २३,

काठमाडौं । आजदेखि दोश्रो चरणको खोप लगाइने भएको छ । आइतबारखि सुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ ।

त्यस्तै १५ वटा हिमाली जिल्लामा भने ५५ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि आजैदेखि नै खोप लगाइने छ । आजदेखि लगाइने खोप पनि नेपालमा यस अघि प्रयोग भैरहेको भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

दोस्रो चरणको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोप लगाएर सुरु गरिने स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आज तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ ।

त्यस्तै रामेछापमा ६४ वटै वडामा आजदेखि खोप अभियान सुरु हुने भएको छ । ५५ वर्ष भन्दा माथिकालाई खोप लगाएर आजदेखि जिल्लाका आठ वटै स्थानीय तहमा खोप लगाइने जिल्ला अस्पताल  रामेछापका स्वास्थ्य प्रमुख जितेन्द्र कर्णंले पत्रकार भेटघाटमा जानकारी दिए । उनका अनुसार जिल्लाका १० हजार बढीलाई खोप दिइने तयारी छ । file Photo

फेसबुक प्रतिक्रियाहरु