शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २३ गते प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
समाचार

२३ गते प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

फागुन १५,

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत साँझ बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमिमन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

शुक्रबार प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएकाे पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । file Photo

फेसबुक प्रतिक्रियाहरु