शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महिला लघुवित्तको आईपीओ नतिजा हेर्न भने समस्या, ३७ हजार ५ सयले पाए
आर्थिक

महिला लघुवित्तको आईपीओ नतिजा हेर्न भने समस्या, ३७ हजार ५ सयले पाए

१४ फागुन,

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो ।

आईपीओमा आवेदन दिएकामध्ये मात्र २ प्रतिशत लगानीकर्ताले आईपीओ हात पारेका छन् । महिला लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको हो ।

लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

आईपीओ बाँडफाँट भएपनि नतिजा हेर्न भने समस्या भएको छ । यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो ।

तर, धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले संचारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएपछि नतिजा हेर्न समस्या आएको छ । मेरो शेयरको वेवसाइट र एप्स, निष्कशनकर्ता कम्पनी र शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइटबाट मात्र हेर्न मिल्छ ।

उच्च ट्राफिकका कारण यी तीन वटै साइट चल्न सकेका छैनन् । क्षमता सुधार नगरी सञ्चारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु