बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • महानिरीक्षक थापा क्षेत्रीद्वरा जिल्ला प्रहरी कार्यालय रामेछापको भवन उत्घाटन (फोटोफिचर)
रामेछाप बिशेष

महानिरीक्षक थापा क्षेत्रीद्वरा जिल्ला प्रहरी कार्यालय रामेछापको भवन उत्घाटन (फोटोफिचर)

फागुन ११,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको भवन उत्घाटन गरिएको छ । आइतबार प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक भव्य कार्यक्रमकाबीच भवन उत्घाटन गरेका हुन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ स्थित् बनेको सुबिधा सम्पन्न भवनको संचालनमा आएसंगै प्रहरीलाई सेवामा थप बल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाले बताए । नेपाल सरकारको नियमित बजेटबाट ७ करोड ५५ लाख ,३३ तेत्तिस् हजार ६ सय ५ पांचपचपन्न पैसाको लागतमा निर्माण गरिएको सो भवन आत्याधुनिक, सुविधा सम्पन्न र भुकम्प प्रतिरोधी रहेको बताइएको छ ।

May be an image of 1 person and standing
आफ्नो कामको बारेमा जानकारी गराउदै जिल्ला प्रहरी प्रमुख नबराज ढुङ्गाना

भवन उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक थापा क्षेत्रीले आफू प्रहरीलाई अझै दक्ष र सशक्त बनाउनको लागि परेको बताएका छन् । महानिरीक्षक थापाले प्रहरीले प्रदान गर्दै आएको सुरक्षा, अपराध र अनुसन्धान नियन्त्रणका क्षेत्रमा सेवा प्रबाह थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले आम नागरिकहरुको माया र विश्वास पाउने नेपाल प्रहरी मात्रै भएकाले प्रहरीले पनि त्यही अनुसार नागरिकहरुको सेवामा खटिनु पर्ने बताए । नागरिकहरुको सुरक्षामा २४ घण्टा खटिने प्रहरीलाई यस्ता नयाँ भवनले उनीहरुमा थप उर्जा मिल्ने भन्दै नागरिकले प्रहरीलाई गर्नुभएको सहयोगबाट ठूलाठूला अपराधिक घटनाहरु सहजै पत्ता लगाउँन सहजता मिलेकाले प्रहरी नागरिकहरु प्रति सधै ऋणी भएको पनि महानिरीक्षक थापाले बताए ।

त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जति धेरै सुरक्षा निकाय बलियो र मजबुद हुन्छ त्यहिँ अनुसार मुलुक पनि बलियो हुने भन्दै सुरक्षा निकायका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निमार्ण गर्न मन्थली नगरपालिका सधै सकारात्मक रहेको बताए । उनले भने– सुरक्षा निकायलाई समस्या परेको बखत मन्थली नगरपालिका सधै सहयोग गर्न कटिबद्ध रहेको छ ।

त्यसैगरी सोही कार्यक्रममा रामेछापका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा निमार्ण भएको नवर्निमित भवनले प्रहरीमा काम गर्ने थप उर्जा मिलेको बताए । उनले जिल्लाका विभिन्न प्रहरी चौकीहरुको अवस्था दयनिय भएकाले त्यसतर्फ पनि ध्यान दिन र आगामी वर्ष भवन निमार्णको प्रक्रिया अघि वढाउन आग्रह गरे ।

भवन सुनकोशी कन्ट्रक्सन प्रालि काठमाण्डौले गरेको थियो ।

May be an image of 1 person, standing and outdoors

May be an image of one or more people and people standing

May be an image of one or more people, people standing and outdoors

May be an image of 1 person and standing

फेसबुक प्रतिक्रियाहरु