बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • निर्वाचन आयोगले करिब २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै
समाचार

निर्वाचन आयोगले करिब २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै

 

फागुन ११

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावकाे सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो । बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु