बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • रामेछापसहित ६८ जिल्लामा नेकपा प्रचण्ड–माधव समूहले नेतृत्वको टुङ्गो लगायो
समाचार

रामेछापसहित ६८ जिल्लामा नेकपा प्रचण्ड–माधव समूहले नेतृत्वको टुङ्गो लगायो

फागुन १०,
काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा रामेछाप जिल्लासहित ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।

प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब ९ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नाै बुँदे सहमति भएको थियो ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।drive.google.com/file/d/1c7UZ1ioZjKh-_fx3qzCrIiFUG7oUe11S/view

फेसबुक प्रतिक्रियाहरु