मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कालिञ्चोकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
दुर्घटना/अपराध

कालिञ्चोकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

फागुन ०८,

रामेछाप । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।

जिल्ला प्रहरी कार्यालय, देलखाका प्रमुख डीएसपी भेषराज रिजालले बताएअनुसार गतशुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।

प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताउए । श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ ।

हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु