मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • चुचुरेका वडा अध्यक्ष लामाले गरे मन्दिर निर्माणमा ब्यक्तिगत् यतिधेरै सहयोग (विवतणसहित)
रामेछाप बिशेष

चुचुरेका वडा अध्यक्ष लामाले गरे मन्दिर निर्माणमा ब्यक्तिगत् यतिधेरै सहयोग (विवतणसहित)

फागुन ०८,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थिति श्री भालेपाेखरी आधारभूत विद्यालय परिसरमा शरस्वति मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन सोही वडाका, वडा अध्यक्ष मणीकुमार लामाले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत् रहेका वडा अध्यक्ष लामाले मन्दिर उद्घाटन गर्दै धार्मिक संस्कृतिक सम्पदाहरुको संरक्षण, निर्माण गर्न आफू सधै सकारात्मक रहेको बताएका छन् । उनले भने- यस्ता मन्दिर, गुम्बा, पाटी, पौवा, चौतारा, हाम्रा अमूल्य सम्पति हुन् । यिनीहरुको पुःननिर्माण, संरक्षण र नयाँ संरचनाबाट परम्परादेखिको चालचलनलाई सधै काम राख्नु पर्छ ।

वडा अध्यक्ष लामाले सामानसहित मन्दिर निर्माणको लागि ब्यक्तिगत् रुपमा  एकवाट गजुर,  शरस्वतीको मूर्ति एक र मन्दिरमा भजनकृतनकाे लागि साउड् सिस्टमखरिद गर्नकाे लागि ८० हजार २ सय ८५ रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । स्थानीय श्री भालेपोखरी आधरभूत बिद्यालय परिसरमा निर्माण भएको उक्त मन्दिर त्यहाँको स्थानीयहरुको आस्थाको केन्द्र समेत हो ।  त्यस्तै मन्दिर निर्माणका लागि आधारभूत विद्यालयका शिक्षक, शिक्षिकाले पनि आर्थिक सहयाेग गरेका छन् ।

May be an image of 9 people, people standing and outdoors
संस्कृत कार्यक्रममा वडा अध्यक्ष लामासहित्

विभिन्न समयमा आफ्नो वडाबासीलाई ब्यक्तिगत् तथा संस्तागत् सहयोग गर्ने अध्यक्ष लामाले स्थानीय जनताहरुको मनमा बस्नेगरी काम गरेको स्थानीय एक बृद्धाले बताए । उनले भने अरुका वडा अध्यक्षहरुले के-के नराम्रो काम गरे….. रे भनेको कुरा संचारमाध्यमा सुनिन्न छ तर हाम्रा वडा अध्यक्ष हाम्रो लागि काम गर्न नै आफ्नो धर्म मान्ने गरेका छन् । पीडामा परेका, बिरामीलाई आफै एम्बुलेन्समा लिएर काठमाडौं जान्छन्, उपचार गर्नलाई पैसा नभएर उपचार पाउन नसकेकाहरुलाई पैसा दिनुहुन्छ, धर्ममा पनि उहाँको आस्था निकै राम्रो छ, वडाभित्र रहेका विभिन्न मठमन्दिर, गुम्बाहरु भुकम्पले भत्काएको थियो त्यो धेरै बनेका छन्, कुनै बन्दै छन्, भने ।

स्थानीयहरु ४५ जनाबाट चन्दा संकलन गरेर मन्दिर निर्माण गरिएको थियो ।

May be an image of 16 people, people standing, tree and outdoors

May be an image of one or more people, people standing and outdoors

Image

फेसबुक प्रतिक्रियाहरु