बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ५३ जना विद्यार्थी सवार बस मन्थलीमा दुर्घटना : १० घाइते
दुर्घटना/अपराध

५३ जना विद्यार्थी सवार बस मन्थलीमा दुर्घटना : १० घाइते

फागुन ०७,                                                        रामेछाप । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक शुक्रबार बिहान मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा दुर्घटना हुँदा १० जनाको घाइते भएका छन् ।
घटनामा परि घाइते भएका १० जना विद्यार्थीहरुलाई घटनास्थलवाट तत्काल उद्धार गरी उपचारको लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइसकिएको छ । बसमा करिब ५३ जना यात्रुहरू रहेका थिए,  वाँकी यात्रुको उद्धार कार्य भइरहेको जनाए । बस तिव्र गतिमा आउँदै गर्दा विपरीत दिसावाट गइरहेको ट्याक्टरलाई साइट दिने क्रममा अचनाक बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।                                                  शुक्रवार प्रजातन्त्र दिवसको अवसर पारेर मन्थली नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्डको लागि श्री सेतीदेवी माध्यमिक विद्यालय सालुवाट विद्यार्थी लिएर मन्थली आउँदै गरेको उक्त यात्रुबाहक बस तिव्र गतीका कारण दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु