मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • खाँडादेवीमा पालिका प्रमुखले पार्टीको कार्यक्रमा आफ्नै वडा अध्यक्षलाई असक्षम, लक्ष्य बिहिन् र कुनै पनि काम गर्न नसक्ने भनेपछि……
रामेछाप बिशेष

खाँडादेवीमा पालिका प्रमुखले पार्टीको कार्यक्रमा आफ्नै वडा अध्यक्षलाई असक्षम, लक्ष्य बिहिन् र कुनै पनि काम गर्न नसक्ने भनेपछि……

फागुन ०६,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका प्रमुखले आफ्नै वडा अध्यक्षलाई असक्षम, लक्ष्य बिहिन् र कुनै पनि काम गर्न नसक्ने भनेर आरोप लगाएको भन्दै वडा अध्यक्षले आपत्ति जनाएका छन् । गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङ्गले केही दिन अघि नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) ओली समूहको सार्वजनिक भेलामा आफ्नै वडा नं २ का वडा अध्यक्ष इन्द्र कुमार लामालाई असक्षम, लक्ष्य बिहिन् र वडामा कुनै पनि काम गर्न नसक्ने भनेर भनेका थिए, सोही विषयलाई लिएर वडा अध्यक्ष लामाले बिहिबार बिहान विज्ञप्ति जारी गर्दै पालिका प्रमुखको उक्त भनाई प्रति घोर आपत्ति जनाएका हुन् ।

वडा अध्यक्ष लामाले पालिका प्रमुख तामाङ्ले आफ्नो कमी कम्जोरी ढाक्छोप गर्नको लागि कपोकल्पित्, भ्रमित्, लाल्छाना लगाएको जारी विज्ञप्तिमा उल्लेख छ । लामाले आफ्नो वडालाई पालिका प्रमुखले कूल बजेटको ४० प्रतिशत मात्रै बजेट विनियोजन गर्दै आईरहेको गुनासो गरेका छन् । ६० प्रतिशत भने गाउँपालिकालेनै बिनियोजन गर्दै आएको बताएका छन् ।

प्राप्त बजेटबाट वडामा शिक्षा, स्वास्थ्य, बाटो, बिजुली, खानेपानीमा खर्च गर्दै आएको र वडामा काम भएको बताए । जुनेली न्युजसंग वडा अध्यक्ष लामाले काम भएको छैन् भनेहरुलाई मेरो चुनौती छ, आएर हेर्दा हुन्छ ।

वडा अध्यक्ष लामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी आफ्नो कार्यप्रति सधैव जनताको साथमा रहेको र सधै रहने प्रतिबद्धता जनाएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु