बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लिखु तामाकोशीका चार जना किशोर,श्रेष्ठ हत्यामा संलग्न भएको आरोपमा पक्राउ
दुर्घटना/अपराध

लिखु तामाकोशीका चार जना किशोर,श्रेष्ठ हत्यामा संलग्न भएको आरोपमा पक्राउ

फागुन ०६ फोटो फाइल

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका चार जना किशोरहरु एक जनाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका ३ का १८-१८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ रहेका छन् ।

उनीहरु काठमाडौं निवासी ४९ वर्षीय रजुनमान श्रेष्ठ हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ । गत शनिवार काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै भेटिएको शवको अनुशन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको पाइएकले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अदालतामा सात दिन म्याद थपेर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एस एस पी अशोक सिंहले जानकारी दिए । उनका अनुसार हत्या आरोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्दै आएका थिए । उनीहरुलाई छुट्टाछुटै स्थानबाट नियन्त्रणमा लिएको हो । उनीहरुले कुट्पिट्बाट गम्भीर घाइते भएका रजुमान श्रेष्ठको मोबाईले विशाल तामाङसंग भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले मोबाइले लुट्ने नियतले कुट्पिट् गरेको भएपनि श्रेष्ठ कुटाईबाट गम्भिर घाइते भएकाले बागमती नदिमा डुबेर ज्यान भएको छ । उनको पोष्टमाटम रिपोर्ट पानीमाडुबेर मृत्यु आएको प्रहरीले जनाएको छ ।

घटनबारे थप अनुसन्धान जारी छ ।

फेसबुक प्रतिक्रियाहरु