शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • फागुन आठ गते माकादुममा ओली समूहको भेला
रामेछाप बिशेष

फागुन आठ गते माकादुममा ओली समूहको भेला

फागुन ०२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह खाँडादेवी गाउँपालिकाको माकादुम वडाले बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

आउदो फागुन ८ गते शनिबार बिहान १० बजे पार्टी कार्यालय चौहान टोल माकादुममा नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

गत माघ महिनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह ओली र प्रचण्ड-माधव समूहले छुट्टाछुटै भेला तथा प्रशिक्षण कार्यक्रमहरु चलाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु