शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चुनावको आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग
समाचार

चुनावको आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

फागुन २
काठमाण्डाै । निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ । आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो ।

बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक प्रति पठाइसकेको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सरकारले वैशाख १७ र २७ गते चुनाव गर्ने मिति तोकेको छ । त्यहीअनुसार निर्वाचन आयोगले तयारी थालेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु