बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • रामेछापमा १४ सयबढीले नाम टिपाए दोस्रो चरणको कोरोना बिरुद्धको खोप लगाउन
रामेछाप बिशेष

रामेछापमा १४ सयबढीले नाम टिपाए दोस्रो चरणको कोरोना बिरुद्धको खोप लगाउन

फागुण ०१,

रामेछाप । रामेछापमा २ हजार २१ सय जनालाई कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइने भएको छ । जिल्ला अस्पताल रामेछापले आज एक सूनचा जारी गर्दै दोस्रो चणको खोप अन्तर्गत आउदो २ गतेदेखि ४ गते सम्मा खोप लगाउने जनाएको छ । २ गते जिल्ला अस्पताल रामेछामा हुने छ भने ४ गते प्राथामिक अस्पताल मन्थलीमा खोप लगाइने उल्लेख छ ।

यो खोप अभियानमा जिल्लाका आठवटै स्थानीय तहमा जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, प्रहरी सार्वजनिक संस्थान तथा वैकंका कर्मचारीलाई लगाइने जिल्ला अस्पतालका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार शनिबारसम्मा जिल्लाका करिब १ हजार ९३ जनाले खोप लगाइ सकेका छन् । दोस्रो चरणका खोप लगाउनको लागि १४ सय जनाले नाम टिपाएको बताएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु