बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीमा, बताल्कार प्रयास गर्ने केसी पक्राउ : युवतीको स्वास्थ्य परीक्षण हुदै
दुर्घटना/अपराध

मन्थलीमा, बताल्कार प्रयास गर्ने केसी पक्राउ : युवतीको स्वास्थ्य परीक्षण हुदै

फागुण ०१,

रामेछाप । देशका विभिन्न ठाउँमा बलत्कारका घटनाहरु सार्वजनिक भैरहदा रामेछापमा पनि एक किशोरीमाथि बलत्कारको प्रयास भएको छ । गत माघ २९ गते किशोरिलाई बलत्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रिखकर श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिए ।

उनले भने- बलत्कारको प्रयास भएको रहेछ, हामीमा कुरा आएको छ, ठाडो उजुरी दर्ता भैसकेको छ, निवेदन आजै दर्जा हुने सम्भावन छ, किशोरिको स्वास्थ्य परिक्षणको लागि अस्पतालमा लगिएको छ, रिपोर्ट आएसी घटनाको बारेमा थप जानकारी हुने छ,पीडितको दाई काठमाडौंबाट आउदै हुनुनुन्छ रे, आएसी घटना दर्ता हुन्छ भने ।

बलत्कार प्रयास गर्ने किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मन्थली नगरपालिका ५ सुनुवारपानीका २७ वर्षीय सविन केसी रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु