शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले पनि लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने (सूचनासहित)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले पनि लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने (सूचनासहित)

माघ ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले पनि १५ दिनको लोक सेवा तयारी कक्षा सञ्चालन संचालन् गर्ने भएको छ । यसअघि जिल्लाकै रामेछाप नगरपालिकाले पनि गत माघ २६ गतेदेखि आयोगको तयारी कक्षा संचालन गरि रहेको छ ।

बिहिबार (हिजो) एक सूचना प्रकाशन गरि मन्थली नगरपालिका भित्र रहेका दलित, आदिवासी जनजाति, र अन्य महिलाहरुको लागि चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नायव सुब्बा/ खरिदार (सहायक स्तर पाचौं/ सहायक स्तर चौथो) तहको लोक सेवा आयोग तयारी कक्षा संचालन गर्न लागेको नगरपालिकाले उल्लेख गरेको छ ।

जसको लागि आयोगको तयारी गर्नेले सूचना प्रकाशन भएको एक दिनपछिको मितिले सात दिन भित्र आवश्यक कागजातसहित सम्पर्क गर्न भनिएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु