आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • भोलीदेखि नेपालमा पश्चिमी वायुको प्रभाव
समाचार

भोलीदेखि नेपालमा पश्चिमी वायुको प्रभाव

माघ २१,

काठमाण्डाै  । बुधबार (आज) तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा बुधबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार बिहिबार (भोली) प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको छ । बुधबार बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बद्ली हुने सम्भावना छ ।

पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव आउँदो शनिबारदेखि कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु