मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मेयर कप क्रिकेटको लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख दिने घोषण
Uncategorized

मेयर कप क्रिकेटको लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख दिने घोषण

माघ २१,

काठमाडौं । काठमाडौं महानगरले नेपाल क्रिकेट संघ (क्यान) लाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएकाे छ । पहिलो संस्करणको काठमाण्डाै मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाकाे लागि महानगरले क्यानलाई रकम उपलब्ध गराउने भएको हाे ।

क्यानले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाण्डाै महानगरपालिकासँग सम्झौता गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता कीर्तिपुरमा रहेकाे टीयू मैदानमा हुने जनाइएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु