बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नासाले पठाएको रोबाेट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता बाँकी
समाचार

नासाले पठाएको रोबाेट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता बाँकी

माघ १८,

काठमाण्डाै । अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी रहेकाे छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।

नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको नासाले जनाएको छ ।

रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठाउँमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

टिमानफाया नाम दिइएको ठाउँमा रोबोट अवतरण हुने ठानिएको अवतरण गर्नका लागि रोबोट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेनको भनाइ छ ।

कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अरु अवशेषहरु पत्ता लगाउन रोबोट पठाइएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु