शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • तरूण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सोमबार रामेछाप आउदै
रामेछाप बिशेष

तरूण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सोमबार रामेछाप आउदै

माघ १७,

रामेछाप । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सोमबार (माघ १९) गते  रामेछाप आउने भएका छन्  नेपाली काँग्रेसले देश ब्यापी रुपमा गर्न लागेको विरोध कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्न बस्नेत रामेछाप आउन लागेका हुन् ।

उनले सोमबार जिल्ला समन्वय समितिको प्रांगणमा हुने तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को बृहत शक्ति प्रर्दशन तथा बिरोध सभालाई सम्बोधन गर्ने नेविसंघ र तरुण दल रामेछापको शनिबारको बसेको संयुक्त बैठकले निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिसहित सोमबार कांग्रेसका सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले, माघ २४ गते शनिबार शुभेच्छुक संस्थाहरुले र फागुन ३ गते सोमबार जिल्ला कार्य समितिहरुले जिल्लामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्न निर्देशन गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु