मङ्लबार, चैत्र ३१, २०७७
  • होमपेज
  • माधव नेपाल र झलनाथ खनाल प्रचण्डलाई ओली पक्षले कन्यादान गरेका हौं -महेश बस्नेत (भिडियो)
रामेछाप बिशेष

माधव नेपाल र झलनाथ खनाल प्रचण्डलाई ओली पक्षले कन्यादान गरेका हौं -महेश बस्नेत (भिडियो)

माघ १५,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले माधव कुमार नेपाल र झलनाथ खनाल प्रचण्डलाई कन्यादान स्वरुप दिएको टिप्पणी गरेका छन् । केपी ओली देशभक्ति, विकास प्रेमी, समृद्धि चाहाने देशलाई निकास दिन चाहाने एकमात्र नेता स्वाभिमानी नेता भएको उनको भनाइ छ ।

रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु रामेछापले आयोजना गरेको जिल्ला कमिटी दोस्रो भेला तथा बृहत विद्यार्थी भेलालाई सम्बोधन गर्दै बस्नेतले भने-प्रचण्डलाई माधव  र झलनाथलाई हामीले कन्यादान गरेका हौं, छोरीको बिहे गर्दा कन्यादान गर्ने हाम्रो परम्परा छ, सकेको जति सम्पति पनि दिउला, तर हाम्रो  गोत्रौ र नाम दिन मिल्दैन सक्दैनौं, दिदैनौं भने । उनले सूर्य चिन्ह हाम्रो हो, बल्खुकको एमालेको कार्यालय हाम्रो हो, खबरदार हाम्रो सम्पत्तिमा आँखा नलगाउनुस त्यो हाम्रो हो, भने । उनले नेकपाको आधिकारिकता र सूर्य चिन्ह प्रचण्डले कुनै हालतमा नपाउने जिकिर गरे । हामी दिंदैनौं भने ।  निर्वाचन आयोगले अध्यक्ष र महासचिव भएका पार्टी नै नेकपाको आधिकारिक पार्टी भएको भनेर स्पष्टीकरण दिएको दाबी गर्दै आफूहरुनै आधिकारिक पार्टी नेकपा भएको ठोकुवा गरे ।

उनले प्रचण्डमा नैतिकता भए नयाँ पार्टी खोलेर देखाउनु चुनौती दिए । बस्नेतले भने-प्रचण्डमा अलिकति पनि नैतिकता छ, भने नयाँ पार्टी खोलेर गोलाकारभित्रको हँसियाहथौडा चिन्हबाट चुनाव लडेर देखाउनुहोस् । हामी सूर्य चिन्हबाट चुनाव लड्छौ भने ।

फेसबुक प्रतिक्रियाहरु