बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछापमा १२९ जनाले लगाए कोरोनाको बिरुद्धको खोप : हाल संक्रमित शुन्य, कुल ५१४ जनामा पुष्टि
रामेछाप बिशेष

रामेछापमा १२९ जनाले लगाए कोरोनाको बिरुद्धको खोप : हाल संक्रमित शुन्य, कुल ५१४ जनामा पुष्टि

माघ १५,

रामेछाप । रामेछाप जिल्लामा १ सय २९ जनाले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाएका छन् ।

खोप सुरु भएको दोस्रो दिन पहिलो दिनको तुलनामा खोप लिनेको संख्या ह्वत्तै बढेको छ । पहिलो दिन बुधबार जम्मा ३९ जनाले खोप लगाएका थिए भने दोस्रो दिन बिहिबार एकै दिन ९० जनाले खोप लगाएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार दोस्रो दिन ३६ जना महिला र ५४ जना पुरुषले खोप लिएका हुन् ।

बुधबारदेखि देशब्यापी रुपमा सुरु भएको कोरोना भाइरस संक्रमण बिरुद्धको खोप बिहिबार पनि लगाइएको हो । रामेछाप जिल्लामा हाल कोरोना भाइरस संक्रमितहरु भने शुन्य रहेको छ । कुनै पनि कोरोनाका बिरामीहरु नरहेको स्वास्थ्य प्रमुख कर्णले जुनेली न्युजलाई बताए । जिल्लाका आठवटै स्थानीय तहमा गरि हाल सम्मा २२० जनाको रिपोर्ट पोजेटिभ आर्थात २२० जनालाई संक्रमणझ पुष्टि भएको छ ।

त्यस्तै रामेछाप जिल्ला घर भै विभिन्न जिल्लामा बसोबास गर्दै आएका ८८ जना महिला र २०६ जना पुरुष गरि २९४ जनामा कोरोना पुष्टि भएको थियो । योसहित जिल्लामा कुल संक्रमिको संख्या ५१४ जनामा कोरोना पुष्टि भैसकेको छ ।

त्यस्तै दुई हजार ३ सय १४ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै ८ सय ९२ जनाको आरडिटी विधिद्वरा पनि कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य प्रमुख कर्णले कोरोना बिरुद्धको खोप लगाउन सबैलाई ढुक्क भएर आउन आग्रह समेत गरेका छन् । उनले खोप लगाएकाहरुमा कुनै पनि साइड्ईफेक्ट्हरु नदेखिएको स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु