बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रामेछापमा पहिलो दिन ३१ जनाले लगाए कोरोना बिरुद्धको खोप : ढुक्क भएर लाउन स्वास्थ्य प्रमुखको आह्वन
रामेछाप बिशेष

रामेछापमा पहिलो दिन ३१ जनाले लगाए कोरोना बिरुद्धको खोप : ढुक्क भएर लाउन स्वास्थ्य प्रमुखको आह्वन

माघ १४,

रामेछाप । रामेछाप जिल्लामा बुधबार ३१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । देशब्यापी रुपमा सुरु भएको कोरोना भाइरस बिरुद्धको पहिलो चरणको खोप अभियान अन्तरगत फ्रन्टलाईनमा खटिनेहरुलाई लगाइएको खोपमा सुरुको दिन ३१ जनाले खोप लिएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा जिल्ला अस्पतालमा कार्यरत कार्मचारी, स्वयंसेवीका, स्वास्थ्यकार्मी, एम्बुलेन्स् चालक, रामेछाप नगरपालिकाभित्रका स्वास्थ्य चौकीका कार्मचारी र मन्थली नगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरु गरि ३१ जनाले खोप लाएका हुन् । यो समाचार तयार पार्दासम्म दिएको जानकारी अनुसार खोप लिनेहरुलाई कसैलाई पनि नकरात्कम असरदेखा परेको छैन् । देशका अन्य जिल्लाहरुमा कोही कोहीलाई एलर्जी भएको बताइएको छ ।

जिल्ला अस्पताल रामेछापका संचालन गरिएको खोप अभियान बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले उत्घाटन गरेका थिए । जिल्लामा आजदेखि आउदो १७ गतेसम्म रामेछाप र मन्थली नगरपालिका १७ गतेदेखि १९ गतेसम्म खाँडादेवी,सुनापति र दोरम्बा गाउँपालिकामा, २० गतेदेखि २२ गतेसम्ममा लिखुतामाकोशी,गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पहिलो चरणमा प्राप्त भएको खोप लगाउने स्वास्थ्य प्रमुख कर्णले जानकारी दिए । उनले यसको लागि सबै तयारी सकिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । उनले सबैलाई निःशुल्क खोप उपलब्ध गराउने समेत बताएका छन् । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।

कति गते कुन ठाउँमा लगाइन्छ खोप हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु