सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेकपाका जिल्ला सदस्यसहित ५३ जना कांग्रेसमा प्रवेश : अर्जुन नरसिंह केसीले गरे स्वागत्
रामेछाप बिशेष

नेकपाका जिल्ला सदस्यसहित ५३ जना कांग्रेसमा प्रवेश : अर्जुन नरसिंह केसीले गरे स्वागत्

माघ १४,

रामेछाप । रामेछाप जिल्लामा नेपाली कांग्रेस प्रतिको जनताको मोह दिन प्रतिदिन बढ्दै गएको छ । योसंगै जिल्लामा कांग्रेस पार्टी प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । जिल्लाका आठवटै स्थानीय तहभित्रमा अन्य पार्टीमा आबद्ध भएका स्थानीयहरु कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएका छन् ।

नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समुहमा जिल्लामा विभिन्न समयमा हुदै आएका औपचारिक कार्यक्रममा एकादुई मानिसहरु देखिने गरेका छन् । तर कांग्रेसमा प्रवेश गर्नेहरुमा पछिल्लो समय दर्जनका -दर्जन प्रवेश गर्ने गरेका छन् ।

त्यसैगरि बुधबार (आज) एकैदिन नेपाली कांग्रेसमा ५० जना भन्दा बढी प्रवेश गरेका छन् । रामेछाप-काठमाडौं सम्पर्क समितिकी सदस्य तथा कांग्रेसकी नेतृ रनिला श्रेष्ठ र सन्तकाजी श्रेष्ठ (सागर) को पहलमा (नेकपा) रामेछापका जिल्ला कार्यसमिति सदस्यसहित ५३ जना कांग्रेसमा प्रवेश गरेका हुन् । राजधानी स्थित धुम्बराही स्मार्ट पार्टी प्यालेसमा एक भव्य कार्यक्रमकाबीच उनीहरु कांग्रेसमा प्रवेश गरेको नेतृ श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिइन् ।

उनले भनिन्- मेरो र सागर श्रेष्ठको नेतृत्वमा ५३ जना (नेकपा) सहित अन्य पार्टी परित्याग गरि कांग्रेमा प्रवेश गरेका छन्, हामीले उहाँहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरेका छौं ।

उनीहरुलाई केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी प्रवेश गराएका थिए । कार्यक्रमा जिल्ला पार्टी पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्र मोक्तान, नेता भरत चौलागाई, जित बहादुर मगर, भुवन खड्का, प्रवक्ता नारायण बहादुर खड्कालगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु